आज:  | Sat, 27, Apr, 2024

बुलबुल नायक र केकी अधिकारी झिंगेदाउमा फईनल..

२०७६, २४ असार मंगलवार १०:१९ मा प्रकाशित ( ४ साल अघि) ३६२३५ पाठक संख्या

पाका निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने सिनेमा ‘झिङ्गेदाउ’मा अभिनेत्री केकी अधिकारी फाइनल भएकी छन् । यसअघि यो सिनेमामा ‘बुलबुल’बाट डेब्यु गरेका मुकुन भुसाल लिडमा फाइनल भैसकेका थिए ।

केकीले केहि दिन अगाडी सिनेमा साइन गरेको निर्देशक देउजाले बताएका छन् । सिनेमामा गहिरो अभिनय गर्न सक्ने कलाकार चाहिएकोले केकीलाई अनुबन्धित गरिएको समेत बताए । साहित्यकार भीमनिधि तिवारीको अख्यानमा आधारित भएर निर्माण हुने सिनेमामा केकी र मुकुनले जोडी बाध्नेछन् । सिनेमामा अन्य ३ मुख्य कलाकार पनि फाइनल भैसकेका छन् । तर, निर्माण टिम ती कलाकारलाई भव्य प्रेसमिट गरेर सार्वजनिक गर्ने सोचमा छ ।

खबर एक्सप्रेस