आज:  | Fri, 26, Apr, 2024

बाग्मती सफाई अभियानको ३३९औ हप्ता पूरा

२०७६, २३ कार्तिक शनिबार २३:३६ मा प्रकाशित ( ४ साल अघि) ४१३८६ पाठक संख्या

बागमती सफाइ महाअभियानको ३३९औ हप्ताको अभियान पशुपति क्षेत्र नजिकको तिलगंगामा सम्पन्न भएको छ । बागमती सफाई महाअभियानका मुख्य अभियन्ता एवं पूर्व मुख्यसचिब लिलामणी पौडयालको प्रमुख आतिथ्यतामा अभियानमा सम्पन्न भएको थियो । आयोजना प्रमुख लिला प्रसाद ढकाल, अधिकार संपन्न बाग्मती आयोजना समिति सदस्यहरू कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, मुक्तिनाथ बिकास बैंक, लायन्स क्लब कलंकी लगाएत बिभिन्न संघ संस्था र अभियन्ताहरुको सहभागीता रहेको थियो भने बागमती नदीबाट करीब ४ टन फोहर ब्यबस्थापन गरिएको अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
यो अभियान बिगत ७ बर्षदेखी संचालन भै रहेको छ यो अभियानको उत्प्रेरणाले अहिले देशका करीब १०० भन्दा बढी स्थानमा सफाई अभियान संचालन भईरहेको छ भने काठमाडौ उपत्यकाका बिभिन्न स्थानमा र बागमतीका सहायक नदीहरु बागमती,विष्णुमती, रुद्रमती, मनोहरा, हनुमन्ते, गोदावरी, चक्रपथ, नख्खु, तिलगंगा, आलोकनगर, लगायतका नदी र टोलहरुमा सफाइ अभियान सम्पन्न भएको छ ।

खबर एक्सप्रेस