आज:  | Fri, 26, Apr, 2024

निरन्तर जारी छः बाग्मती सरसफाई महाअभियान

२०७६, ८ चैत्र शनिबार १८:०४ मा प्रकाशित ( ४ साल अघि) १९९६५ पाठक संख्या

ललित बिष्ट खबर एक्सप्रेस ।

बिगत सात बर्षदेखी निरन्तर संचालन भईरहेको बाग्मती सरसफाई महाअभियानको ३५८औ हप्ताको सफाई अभियान आज सिनामंगलपुल नजिक बाग्मती नदी किनार आसपासमा सफाई र आसपासका नागरिकलाई कोरोना भाईरसको सङ्क्रमणबाट कसरी बच्ने र अरुलाई कसरी बचाउन सकिन्छ भन्ने जनचेतनामूलक घरदैलो अभियान गरी सम्पन्न भएको छ ।

आजको अभियानलाई सानो सांकेतिक रूपमा मात्र संचालन गरिएको र अहिलेको परिस्थिति हेरी आगामी केही हप्ताको अभियान पनी सानो सांकेतिक रुपमा मात्र संचालन गरिने अभियन्ता माला खरेलले बताउनु भयो ।

तस्बिर : माला खरेल

खबर एक्सप्रेस