आज:  | Fri, 26, Apr, 2024

युवा साहित्यकार सिर्जुशाहको कविता_म

२०७७, २७ असार शनिबार २१:४९ मा प्रकाशित ( ३ साल अघि) २२६६२ पाठक संख्या

म “अश्विनी” हुँ 

सुरजको प्रेमले जलाएर
“शेष” रहेको एक आवरण !
र एउटा “देवत्व” देखाउने
“निस्वार्थ” अन्तस्करण !

जलेको आवरणमा
म आफूलाई काली माता देख्छु
कुरुपता भित्रको सुन्दरता लेख्छु,

सरलता भित्रको महानता सोच्छु !
नकारात्मकता भित्र सकारात्मकता खोज्छु ,

“म” मा हजारौं दुख छन
लाखौं कमजोरी छ्न
तर अपबित्र छैनन मेरा भावहरु!
मुक्त छन मेरा प्रेम रागहरु!

म “काली” पनि हुँ
जलेको छु सुरजको प्रेम तापमा!
र त बलेको छु प्रेमिल रापमा!

तर कालो भित्र चम्किएको मेरो आभा
देख्ने कस्ले?
कुरुपतालाई सुन्दरता देख्ने कस्ले?

दृश्यमा मापन हुने सुन्दरता
“कालो” भित्र किन “सेतो” खोज्दैन?
अन्धकारमा पनि त सुन्दर “ध्वनी” गुन्जिन्छ!
अदृश्यता पनि त प्रेमिल “कल्पना” बुनिन्छ!

प्रेम भित्र “सुन्दरता” छ,
जहाँ प्रेम त्यहाँ “सुन्दर” हुन्छ!
तर सुन्दरता भित्र “प्रेम” नहुन सक्छ!
“दृस्ठिभ्रम” हुन सक्छ!

त्यसैले म अनौठो “दुबिधामा”
कहिलेकाही निकै “दुर” सोच्न पुग्छु!
आखिर “म” को हुँ !
मेरो “अस्तित्व” के हो?
म “अश्विनी” हुँ वा “काली” वा सुन्दर “गुणवानी”!

मलाई कुन “आवरण”मा हेरिएको छ
कुन “नजर”ले घेरिएको छ!
मेरा “कर्म”हरु के हुन?
मेरा “आचरण”हरु कस्ता छन?
के मैले बयान गरे जस्तै
कुरुपता भित्र सुन्दरता खोज्छ मानिस?

तर “मैले” मलाई नै बर्णन गर्द्छु,
हो आफैलाई बयान गर्छु!
स्वार्थी भन्नुस वा मपाइत्त्व
म “अश्विनी” हुँ ,
“काली” हुँ ,म प्रेम “रागिनी” हुँ ।

#सिर्जुशाह!
वीरेन्द्रनगर ७ इत्राम, सुर्खेत

खबर एक्सप्रेस