आज:  | Fri, 26, Apr, 2024

कर्णालीमा कोरोना समुदायमा फैलियो

२०७७, १ श्रावण बिहीबार ०८:५८ मा प्रकाशित ( ३ साल अघि) १३३३१ पाठक संख्या

सुर्खेत, श्रावन १ गते । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । दैनिक जसो दर्जनौँ मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । अझ प्रदेश राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा जथावाबी मानिसहरुको भीडभाड बढेको छ ।

कोरोना सङ्क्रमितहरु संख्या हुने क्रम बढीरहेको छ। बुधबार मात्र थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार २७ जनामा सङ्क्रमण देखिएको थियो । मङ्गलबार नै कर्णाली प्रदेशसभा विपक्षी दल नेता नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण भएको छ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताए । अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र नभई कोरोना स्थानीय व्यक्तिमा पनि देखिन थालेको बताए ।

भारतबाट आएकाहरुमा मात्र नभई अन्य नागरिकमा समेत कोरोना सङ्क्रमण देखिन थालेपछी समुदायमा कोरोना फैलिएको देखिन्छ । कर्णालीमा सङ्क्रमितको सङ्ख्या १७१४ पुगेको छ ।

खबर एक्सप्रेस