आज:  | Fri, 26, Apr, 2024

अभिनेत्री श्वेता खड्का विवाह गर्दै

२०७७, १९ मंसिर शुक्रबार १४:०३ मा प्रकाशित ( ३ साल अघि) ९४५६ पाठक संख्या

काठमाडौं/ नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिदै छिन् । केहि समयदेखि उनको बिहेको विषयमा अनेक चर्चा चल्दै आएको थियो तर अहिले बिहे गर्न लागेको कुरा पक्का भएको छ । उनले धनगढीका युवक विजेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । विजेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । उनिहरुको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । मंसिर ५ गते विजेन्द्र र स्वेताको बिहे हुन लागेको खबर बाहिरिएको थियो तर, उक्त समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको स्वेताले बताएकी थिइन् । मंसिर २२ गतेको बिहेका लागि नजिकका आफन्त र साथीभाइलाई निम्तो कार्ड समेत बाडिएको छ ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते उपचारका क्रममा भारतमा निधन भएको थियो । स्वेताले ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘हासी देउ एक फेर’, ‘कोहिनूर’, ‘कान्छी’ जस्ता चलचित्रहरुमा अभिनय गरेकी छिन् ।

खबर एक्सप्रेस