आज:  | Sun, 28, Apr, 2024

दैलेखका लागि २८ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर पठाईदै

२०७८, २२ कार्तिक सोमबार १९:३७ मा प्रकाशित ( २ साल अघि) १६३३८ पाठक संख्या

काठमाण्डौं । दैलेख जिल्लाका लागि प्राप्त २० थान अक्सिजन कन्सन्ट्रेटर आज एनआरएनए मुख्यालयबाट हस्तान्तरण भएको छ । राष्ट्रिय जनजाती उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राप्रपाका केन्द्रिय कोषाध्यक्ष चन्द्र बहादुर गुरुङको समन्वयबाट एनआरएनए आईसीसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्व शैनिक संघले नेपालको गाउँगाऊमा कोरोनासँग जुध्नका लागि सो स्वास्थ्य सामाग्री नेपाल पठाईएको हो। दैलेखका लागी करिब २८ लाख बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्बमन्त्री कुन्ती कुमारी शाहीको बिशेष पहलमा सो सामाग्री दैलेखका बिभिन्न हेल्थपोस्टमा पठाउन लागिएको सामाजिक अभियन्ता चक्र बहादुर चन्दले बताउनु भयो । यसअघी पनी पूर्वमन्त्री शाहीले कोरोना संक्रमणका बेला जिल्लामा बिभिन्न किसिमले सहयोग गर्दै आऊनु भएको छ ।

खबर एक्सप्रेस