आज:  | Tue, 30, Apr, 2024

नेपालगञ्ज वाकाथनको तयारीमा तीब्र

२०७८, १७ मंसिर शुक्रबार २०:०६ मा प्रकाशित ( २ साल अघि) ९११५ पाठक संख्या

नेपालगञ्ज  : भ्रष्टाचारबिरुद्ध नेपालगञ्ज वाकाथनको तयारीलाई तीब्र पारिएको छ । भ्रष्टाचारबिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगञ्जको व्यवस्थापनमा हुन लागेको कार्यक्रमको तयारीलाई थप तीब्रता दिन बास केन्द्रीय कार्यसमिति र कार्यक्रम तयारीका लागि गठित विभिन्न समितिका संयोजकहरु बिचमा संयुक्त बैठक सम्पन्न भएको छ ।

भ्रष्टाचारबिरुद्ध सचेतना जगाउने उद्धेश्यले पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समन्वय तथा सहकार्य गर्ने बैठकले निर्णय गरेको छ । कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँ कार्यक्रमको रुपमा स्थापित गर्ने गरी तयारीमा लाग्ने निर्णय बैठकले गरेको छ । ‘भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ । बैठकमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, वाकाथन व्यवस्थापन तथा सुरक्षा समिति संयोजक जयनारायण शाह, समन्वय समिति संयोजक लुना बुढाथोकी, स्वयम् सेवक समिति संयोजक शिब कुमार बर्मा, आर्थिक समिति संयोजक दिला शाह, समारोह ब्यवस्थापन समिति संयोजक कमल शाही, अभिलेखिकरण समिति संयोजक खेम बिष्ट, सचिवालय समिति संयोजक मन भण्डारी, सास्कृतीक समिति संयोजक महेन्द्र सेडाई, बासका निर्देशक हेमराज भट्ट, खानेपानी तथा सरसफाई संयोजक शोभा थापा मगर लगायतको बैठकमा उपस्थिती रहेको थियो । वाकाथन नेपालगञ्जको वीपि चौकबाट शुरुभई धम्बोझि चौक, सेतुबिक चौक हुदै, न्यूरोडमा गएर समापन हुनेछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ ।

वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचारबिरुद्ध संयुक्त राष्ट्रसँघीय महासन्धी पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धी पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएको बासका सूचना अधिकारी हेमराज भट्टद्वारा जारी प्रेसनोटमा जनाइएको छ ।

खबर एक्सप्रेस