आज:  | Thu, 25, Apr, 2024

के राप्रपा अब राजेन्द्र एण्ड धवल,लोहनी प्राली हो? : टेकराज पनेरू

२०७८, १० माघ सोमबार ११:५२ मा प्रकाशित ( २ साल अघि) २७३४३ पाठक संख्या

अब कमल थापालाई निष्क्रिय वस्ने छुट छैन।वर्तमान राप्रपा नेतृत्व राप्रपा विघटन/ध्वस्त गर्ने ट्रोजन हर्ष सावित हुने देखिन्छ।नारायण हिटीमा ज्ञानेन्द्र शिहदरवारमा राजेन्द्रको आकर्षक नारा दिएर निर्मल निवासको तजविजमा भएको राप्रपाको नेतृत्व परिवर्तनले अन्ततः राप्रपालाई प्रजापरिषद बनाउने दिशामा लैजादै छ। राप्रपाले बोकेको एजेन्डा सान्दर्भिक हुदैछ तर राप्रपाको आन्तरिक अवस्था जर्जर हुँदै गएको छ।नेतृत्वमा अपरिपक्वता र अदुरदर्शीता झल्किन्छ।जसले गर्दा राप्रपा कमजोर बन्ने देखिन्छ। महाधिवेशन पश्चात् राप्रपा एतिहासीक मोडमा उभिएको छ। राप्रपा पार्टी हो वा कुनै संघर्ष समिति हो वा निर्मल निवासको भजन मण्डली मात्रै हो? यो प्रश्न खडा भएको छ।

निर्वाचन आयोगले ललकार्दै पत्र दिन्छ नेतृत्व एक हप्ता सम्म मौन बस्छ,सुरेन्द्र भण्डारी आदीहरु फटकार लगाउछन नेतृत्व प्रतिक्रिया विहिन हुन्छ।के हामीले यस्तै पार्टी र नेतृत्वको कल्पना गरेका हौ? महाधिवेशनको म्यान्डेट विपरीत पार्टी अध्यक्षले प्रचण्डको एजेन्डा प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र पुर्ण समानुपातिक प्रणालीको रटान लगाउनु के को संकेत हो? पार्टीको कुन निकायमा छलफल गरेर सार्वजनिक गरीयो यो विचार ? के राप्रपा अब राजेन्द्र एन्ड धवल लोहनी प्राली हो? उनीहरुले उन्मत्त भएर उफ्रीरहन?

पृथ्वी जयन्ती मनाउने परम्परा लत्याएर माग पेश गरिन्छ सरकारले माग पूरा गरे उत्सव मनाउने नत्र आन्दोलनको आधिवेहरी ल्याउने भनेर राजा ज्ञानेन्द्रलाई समेत सडकमा माल्यार्पण गर्न उत्प्रेरित गरेर सडकमा देखाए तर …? त्यसपछि त्यो आन्दोलन भन्नेकुरा हराउछ
के यस्तै केटाकेटीपनले पार्टीको गरिमा बढछ त?

महाधिवेशनमा निर्मल निवासको अवान्छित गतिविधिले सक्रिय राजतन्त्रको अभ्यास देखाउछ ।महाधिवेशनमा निर्मल निवासको नाममा भएको गतिविधि राप्रपाका सवै तहका नेताकार्यकर्ताको लागि कालो बादल हो।

हामी सक्रिय राजतन्त्रको हिमायती होईनौ राजाले सबैको साझा हुनुपर्छ, राजाले मर्यादा नाघ्नु हुदैन त्यसैले दरवारको नाममा दरवारीयाले गर्ने घृणित हर्कत छानबिन गरेर खबरदारी गर्नुपर्छ भन्दै निवर्तमान अध्यक्ष कमल थापाको लिखित मागलाई वेवास्ता गर्नु राजनैतिक वेईमानी मात्रै होइन कि पार्टी भित्र तानाशाही रवैया लादने अभ्यास हो।जहाँ कमल थापाको आवाज सुनुवाइ हुदैन त्याहा अरुको के होला भन्ने प्रश्न खडा भयो ।

साथै राप्रपा प्रजातान्त्रिक पार्टी होइन ,राप्रपा सक्रिय राजतन्त्र चाहन्छ र राप्रपा निर्मल निवासको भजन मन्डली बन्दैछ भन्ने प्रमाणित हुदैछ। होइन भने प्रजातान्त्रिक पार्टीमा हरेक विषयमा छलफल हुन्छ मत भिन्नता हुन्छ र अन्तिममा वहुमतको निर्णय सवैले मान्नुपर्छ तर राप्रपामा निर्मल निवासको वारेमा छलफल गर्न मिल्दैन भन्नुको तात्पर्य के? राप्रपाको निष्ठा राजसंस्था प्रती हो कि व्यक्ति प्रती? राजसंस्थाका प्रतिनिधि अयोग्य भएमा त्यही स्विकार्नु पर्छ तिनीहरुका नाजायज हर्कत मान्नुपर्छ भन्ने हुदैन।

कमल थापा रहन्जेल सम्म आफ्नो सबल अस्तित्व नरहने महसुस गरेका निर्मल निवासका वैधानिक/ अवैधानिक खेतालाहरुले महाधिवेशन पुर्व नयाँ पुस्ताको आकर्षक जाल फैलाएर वर्तमान नेतृत्वलाई सुन्दर सपना देखाएर राप्रपा तहसनहस गर्न भरपुर प्रयोग गरेको देखिन्छ ।वालकृष्ण न्यौपाने /सुरेन्द्र भण्डारी को अभिव्यक्ति ले त्यो पुष्टि गर्दैछ।

नारायण हिटी र सिहदरवारको सपनामा हावा भरिएको वेलुन झै उडिरहेको वर्तमान नेतृत्व र नेतृत्व वरिवरी रहेको कृतघ्न,चरम महत्वाकांक्षी,धोखेबाज तथा अवसरवादी झुन्ड जसरी पनि थापा र थापा समुहलाई राप्रपा बाट बाहिर धकेल्न पाए छिट्टै ज्ञानेन्द्र नारायण हिटीमा फर्किने राजेन्द्र शिहदरवारमा प्रधानमन्त्री हुने अनि आफुहरु चाहिँ मन्त्री अंचलाधिस आदीको पद पटकाउन पाईन्थ्यो भनेर रंगिन सपनाले व्याकुल बनेको छ। त्यो झुन्डले त्यो अवसरको बाधकको रूपमा प्रधान सत्रुको रूपमा थापा र थापा समुहलाई देखि रहेको छ।त्यसैले तिनीहरु जसरी हुन्छ थापा समुहलाई राप्रपा बाट गलहत्याउन/ किनारा लगाउन चाहन्छ।

तिनीहरु थापालाई खलनायकको रूपमा देखाउने प्रतिस्पर्धामा आफु नाङ्गै भएर दगुरीरहेका छन।मोह कुन्ठा र आसक्तिले दिगभ्रमित भएको समुहले राप्रपालाई दुर्घटनामा लैजाने संभावना प्रवल छ।पुर्वाग्रह ले ग्रसित परचालित समूह आफ्नो असफलता र कमजोरी लुकाउन थापालाई गाली गरेर प्रतिरक्षा गर्दैछन।
वर्तमानमा नेतृत्व पार्टी होइन कि गुट चलाउने दिशामा हिडेर पुर्वाग्रह प्रेरित संकिर्ण मानसिकताले ग्रस्त छ।वर्तमान नेतृत्वको अकर्मण्यता ,गुटगत गतिविधिले पार्टीको ओज तेज हराउदैछ नेताकार्यकर्तामा गौरव हराएर हीनताबोध पैदा हुदैछ।पार्टीलाई जिवन्त राख्न,राप्रपाको सांगठनिक संरचना जोगाउन,हजारौं नेताकार्यकर्ताको राजनैतिक भविस्य सुनिस्चित गर्न,राप्रपाले अंगिकार गरेको वैचारिक मान्यता जोगाउन र संस्थगत गर्न कमल थापाले गंभिर भएर सक्रिय भुमिका निभाउनु पर्छ।यो वा त्यो वहानामा थापालाई निष्क्रिय वस्ने छुट छैन।

लेखकको सामाजिक संजालबाट ॰

उनी राप्रपाका पूर्व केन्द्रीय सदस्य हुन

खबर एक्सप्रेस