आज:  | Sat, 27, Apr, 2024

सिंहदरबारभित्र हेलिप्याड निर्माण हुने

२०७९, २२ जेष्ठ आईतवार १७:०८ मा प्रकाशित ( १ साल अघि) ५३३३ पाठक संख्या

नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई थप व्यवस्थित बनाउन यसअघि निर्माण गरिएको गुरुयोजना परिमार्जनको काम अन्तिम चरणमा पुगेको बताइएको छ् । सबै मन्त्रालयलाई एउटै छातामुनि राख्ने योजना रहेको परिमार्जित गु्रुयोजनामा सिंहदरबारभित्र हेलिप्याड निर्माण गर्ने योजना पनि समावेश छ । हाल स्वास्थ्य तथा जनसंख्याबाहेक बाँकी सबै मन्त्रालय सिंहदरबार परिसरभित्रै रहेको छ ।संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख मच्चाकाजी महर्जनले गुरुयोजना परिमार्जनको काम अन्तिम चरणमा पुगेको बताएका छन । सबै मन्त्रालयलाई एउटै छातामुनि राख्ने योजना गुरुयोजनामा समावेश गरिएको छ । गुरुयोजनामा सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण

समेत गर्ने गरी तयारी गरिएको छ ।भने बिजुली टेलिकमलगायतका तारहरूलाई पनी भूमिगत बनाइने छ। तर परिमार्जित गुरु योजनालाई भने मन्त्रिपरिषदमा पुगेको छैन । सुरक्षा क्षेत्रलाई मध्यनजर गर्दै सिंहदरबारका तीनवटै मूलढोकाको स्तरोन्नति गरेर सुरक्षा जाँच प्रविधिमैत्री समेत बनाउने योजना रहेको छ । त्यसपछि सिंहदरवारका सबै ढोकामा मोटर गाडी एक्सरे (भेइकल स्क्यानर) हुनेछन  । सिंहदरबार परिसर ८ सय ८१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

खबर एक्सप्रेस