आज:  | Sun, 21, Apr, 2024

नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्वाचित

२०७९, २७ असार सोमबार २२:२४ मा प्रकाशित ( १ साल अघि) ८३०९ पाठक संख्या

काठमाडौं, असार २७ गते । नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न चुनावी साधारण सभाले विदुरलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल निर्विरोध तीन उपाध्यक्षका लागि भएको निर्वाचनबाट धनबहादुर बोगटी ५९, सुवोध राज शेर्पाली ५५ र नारायण दास गमाल ५२ मत ल्याएर विजयी भए । महासचिवमा धरमबहादुर लामा निर्विरोध निर्वाचित भए भने सचिवहरुमा मोनालिसा खम्बु, भुपेन्द्र निरौला र मेश केसी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन र सह कोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित र्भका छन् । यसैगरी तीनजना खुला सदस्यको लागि भएको निर्वाचनबाट कृष्णप्रसाद सिग्देल ४३, प्रवीण बहादुर भडेल ३४ र रामकिशोर सिंह पराग ३२ मत ल्याएर विजयी भए ।
यसैगरी प्रदेश अन्तर्गत सदस्यहरुमा दिपेन राई प्रदेश १,सुरेन्द्र कुमार शाह मधेस, निरन्जन प्रजापति बागमती, महेश्वर अधिकारी गण्डकी, चन्द्रमणी गैरे लुम्बिनी, शक्तिराम बुढाकर्णाली र गोपालप्रसाद श्रेष्ठसुदुरपश्चिम निर्विरोध भए । महिला सदस्यमा पार्वती श्रेष्ठ निर्विरोध निर्वाचित भईन । संघको निर्वाचनका लागि एक सय १३ प्रतिनिधिमध्ये ७८ जनाले मतदानमा भाग लिएका थिए ।

खबर एक्सप्रेस