आज:  | Fri, 26, Apr, 2024

सानिमा बैंकको छात्रवृत्ति आवेदन भदौ ३१ गतेसम्म

२०७९, २३ श्रावण सोमबार २२:५८ मा प्रकाशित ( १ साल अघि) ९०५३ पाठक संख्या

सानिमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रका विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।यसै अनुरुप सानिमा बैंकले विगत लामो समयदेखि काठमाण्डौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ कालागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययनका लागी काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति  २ हजार रूपैयाँ(प्रति महिना) गरी प्रत्येक विद्यार्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गरिनेछ ।छात्रवृत्तिमा आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ ।बैकले जनाएको छ।

खबर एक्सप्रेस