आज:  | Fri, 26, Apr, 2024

माओवादी केन्द्रको बैठकमा आज सकिदै अध्यक्ष प्रचण्डले जवाफ दिने

२०८०, २१ श्रावण आईतवार १०:३९ मा प्रकाशित ( ८ महिना अघि) ११७९ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिदैँछन् । गत बुधबार देखी जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
हालसम्म माओवादीका झन्डै २ सय केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । पार्टी नेतृत्वको चर्को आलोचनासहित नेताहरुको सम्पति छानबिनसम्म बहस भएका छन् । मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

खबर एक्सप्रेस