आज:  | Wed, 24, Apr, 2024

एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्रीले राजीनामा दिनुको विकल्प छैन

२०८०, २८ श्रावण आईतवार १४:१७ मा प्रकाशित ( ८ महिना अघि) १३०३ पाठक संख्या

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणले गृहमन्त्री असफल भएको बताउदै राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।

उनले भने राजीनामाबाहेक गृहमन्त्री आफैँ रोस्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ‚ सुन भनेर पक्रिएर राख्यो‚ राखेको ठाउँबाट हराउँछ । गृहमन्त्रीको जवाफदेहीता होइन त्यो रु क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ । त्यस्ता कम्पनी कतिवटा छन् । ओलीले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई नागरिकता कसले दियो रु भन्दै प्रश्न गरेका छन् ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत भष्ट्राचारको चाङमा बसेर कसरी पदमा प्रधानमन्त्री पदमा बसेको भन्दै यो आश्चर्यजनक भएको टिप्पणी गरे

खबर एक्सप्रेस