आज:  | Thu, 25, Apr, 2024

अभिनेता अनमोल केसी पक्राउ

२०८०, १२ आश्विन शुक्रबार १९:१० मा प्रकाशित ( ६ महिना अघि) ९६२ पाठक संख्या

अभिनेता अनमोल केसीले फिल्म रावायणमा अभिनय गर्ने भन्दै पैसा लिएर शुटिंगमा नगएको भन्दै परेको ठगीको उजुरीका आधारमा पक्राउ परेको खुलेको छ । उनले फिल्मको लागि १० लाख एडभान्स लिएको र शुटिंगका लागि नगएपछि फिल्मको निर्माण पक्षले ठगीको उजुरी दिएको पाइएको हो ।
रावायणकी निर्माता सुप्रिया कटवालले केसीविरुद्ध १० लाख रुपैयाँ ठगीको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा दिएपछि प्रहरीले अनमोललाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि अनमोलले छलफल गर्न नचाहेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर खोजी शुरु गरेको थियो । निर्माण पक्षले फिल्मका लागि अनमोललाई दिएको १० लाखसहित एक करोडभन्दा बढी पारिश्रमिकनै बाँडीसकेको अवस्थामा उनले शुटिंग गर्न अस्वीकार गरेपछि निर्माण पक्ष प्रहरीमा गएको बुझिएको छ ।
अनमोललाई प्रहरीले शुक्रबार भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरेर अहिले मीनभवन कार्यालयमा राखिएको छ । अब उनलाई ठगीको कसुरमा मुद्दा चलाइने तयारी प्रहरीको छ ।

खबर एक्सप्रेस