आज:  | Tue, 30, Apr, 2024

यही अवस्थामा कर कसरी बुझाउने : चेम्बर

२०७७, २१ जेष्ठ बुधबार ०८:४५ मा प्रकाशित ( ३ साल अघि) २२३५२ पाठक संख्या

काठमाडौं, जेष्ठ २१ गते। 

नेपाल चेम्बर अफ कमर्सले लकडाउन खुल्ला गरेको तीन  महिनामा कर बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयको आन्तरिक राजश्व विभागले मंगलबार जारी गरेको सूचनाप्रति ध्यानाकर्षण गर्दै चेम्बरले उक्त माग गरेको हो ।

 राजस्व विभागले गत फागुन, चैत र बैशाखको आयकार, मूल्य अभिवृद्धि कर(भ्याट) र अन्तशुल्क यही जेठ २५ गतेभित्र तिर्नुपर्ने भन्दै मंगलबार सूचना प्रकाशित गरेको थियो ।

उक्त प्रकाशित सूचनाप्रती ध्यानाकर्षण गर्दै यस्तो बिषम परिस्थितिमा लकडाउन खुलेपछीको तीन महिनामा कर विवरण एवम रकम बुझाउने व्यवस्थाका लागि चेम्बरले माग गरेको छ।

‘आ.ब.२०७७/७८को प्रस्तुत बजेट सम्बाेधनको क्रममा समेत व्यवसायिक क्षेत्रले भोगी रहेको कठिन चुनौतिलाई स्वीकार गरि सकेको अवस्था छ । यस्तो कठिन अवस्थामा व्यवसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर,मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लक डाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको छ । विज्ञप्तिमा भनिएकाे छ ।

चेम्बरले स्वास्थ सुरक्षाको प्रत्याभूतिका साथ लकडाउनको अवधिमा अविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्न समेत् अनुरोध गरेको छ ।

खबर एक्सप्रेस