आज:  | Tue, 30, Apr, 2024

गायिका ममताको आवाजमा ‘फेरि भेट नहोला’

२०७७, १ असार सोमबार ०८:४८ मा प्रकाशित ( ३ साल अघि) ३१४०४ पाठक संख्या

पोखरा असार १ गते, सुदिप पौडेल

नेपाल आइडल तेस्रो संस्करणमा पोखरा प्रतिनिधित्व गर्दै उत्कृष्ट ९ मा पर्न सफल गायिका ममता गुरुङको आवाजमा ‘फेरि भेट नहोला’ गीत सार्वजनिक भएको छ ।

रिकेश गुरुङको शब्द सँगीतमा उनले गीत गाएकी हुन् । उक्त गीत पहिले नै रिकेशले आफ्नो आवाजमा रेकर्ड गराएका थिए । ममताले गाएको गीत फिमेल भर्सनमा आएको हो ।

गीतलाई एलिना चौहानले समेत गाएकी छिन् । उनले लकडाउनको समयमा उक्त गीत सार्वजनिक गरेकी हुन् । ममताले उक्त गीत पहिलेनै रेकर्ड गराएकी थिइन् । तर कोरोना महामारीका कारण गीतको सम्पूर्ण काम सकिएको थिएन । “भिडिओको काम हुँदै थियो बिचमा एलिनाजीको आवाजमा सोहि गीत सार्वजनिक भएको रहेछ”, उनले भनिन्,“ त्यसपछि मैले रिकेशजीलाई सोधेरनै उक्त गीत सार्वजनिक गरे ।”

ममताको गीतको भिडिओलाई प्रतीक पराजुलीले निर्देशन गरेका हुन् ।
https://youtu.be/qDnvP0adPoM

खबर एक्सप्रेस