आज:  | Tue, 30, Apr, 2024

राजासहितको प्रजातान्त्रिक व्यवस्था आवश्यक : कमल थापा

२०७७, २२ श्रावण बिहीबार २१:३१ मा प्रकाशित ( ३ साल अघि) १६३६९ पाठक संख्या

काठमाडौं, साउन २२ गते, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजासहितको प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताए।

आज पार्टी कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा आफ्नो मंतब्य राख्दै सो कुरा औंल्याएका हुन । अब राप्रपा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा उदय हुने भन्दै जनताको घरदैलोमा पुगेर पार्टीको धारणा पुर्याउनु पर्ने बताए।उनले भने  अब हामी एक भएको राप्रपा कसैले चाहेर फुट्दैन अब हामी बलियो र अग्रणी शक्ति बनेको ब्यक्त गरे ।


पार्टी प्रबेश कार्यक्रममा महिला संगठनका अध्यक्ष कुन्ती कुमारी शाही, नेता उद्धव पौडेल, निना भेटवाल, सुनिता कुरुम्बाङ्ग, नानु नगरकोटी, राजाराम बर्तौला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

खबर एक्सप्रेस