आज:  | Fri, 26, Apr, 2024

देश राजनीतिक अस्थिरतामा गयो : रामचन्द्र पौडेल

२०७७, ८ माघ बिहीबार २२:३७ मा प्रकाशित ( ३ साल अघि) २४०५७ पाठक संख्या

काठमाडौँ, माघ ८ गते ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले संसद् विघटन गरेसँगै देशलाई राजनीतिक अस्थिरतामा लिन खोजेको बताए। काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उहाँले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लिएको आरोप लगाए ।

निर्वाचनमा गएर कांग्रेसलाई फाइदा हुनेभए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ भन्दै संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको जिकिर गरे।  

खबर एक्सप्रेस