आज:  | Tue, 30, Apr, 2024

झापा नेविसंघले पायो पूर्णता, चार पदाधिकारी सहित २० जना मनोनित

२०७८, २७ असार आईतवार १६:१७ मा प्रकाशित ( २ साल अघि) १९९०३ पाठक संख्या

प्रदेश सम्बाददाता, झापा, असार २७ । नेपाल विद्यार्थी संघ झापाले चार पदाधिकारी सहित २० जनालाई मनोनयन गरेर कार्यसमितिलाई पूर्णता दिइएको छ । नेविसंघको विधानले दिएको प्रयोग गरी जिल्ला समिति सचिव सहित पदाधिकारी र सदस्य मनोनयन गरेको हो ।

अब नेविसंघ झापाको कार्यसमिति ४५ सदस्यीय भएको छ। नेविसंघले विभागीय जिम्मेवारी समेत तोकेको छ। नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीका अनुसार उपसभापति सहदेव भट्टराई र भरत दुलाल,सचिव पोषराज कटुवाल र सहसचिवमा अशोक पाठक मनोनित भएका छन् । संगठनमा योगदान पुर्‍याएका र सक्रिय व्यक्तिलाई जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ ।

सन्देश रिजाल (हसन) रिजाल,दिपक नेपाल,सञ्जय साह,प्रकाश अधिकारी ,उत्साह बराल,हिमाल नेपाल,कञ्चन कार्की ,सोनिका भण्डारी,प्रकाश चम्लागाईं,डुपेन्द्र रिजाल,जनार्दन उप्रेती,यदुनाथ सुवेदी,विजय राई,शंकर पोखरेल,दिपेन चेम्जोङ र आशिष बस्नेतले जिल्ला सदस्यको जिम्मेवारी पाएका छन् ।नेविसंघले नौवटा विभागमा विभागीय संयोजक तोकेको छ ।

लक्ष्मी मैनाली ९एलेक्स०ले विद्यार्थी सम्पर्क तथा समन्वय विभाग, मनिता सिटौला छात्रा तथा साहित्यिक विभाग, सन्जय राई संगठन विभाग,पारषमणी तिम्सिना नीति तथा प्रशिक्षण विभाग,विशाल सिटौला शिक्षा विभाग,मणि लिम्बू अतिरिक्त क्रियाकलाप विभाग, द्रोर्ण दाहाललाई सामाजिक तथा खेलकुद समन्वय विभाग ,आशिष लछार्बो आदिवासी जनजाति विभाग र गैरजंग क्षेत्रीले विज्ञान तथा प्रविधि विभाग संयोजकको जिम्मेवारी पाएका छन् । संगठनलाई चलायमान र सशक्त बनाउन र चुनौतीलाई परास्त गर्न नेविसंघ सक्षम रहेको सभापति उप्रेतीले बताए । अब संगठनले विद्यमान सबैखाले चुनौतीलाई चिरेर अघि बढ्ने सचिव कटुवालले दृढता व्यक्त गरे !

खबर एक्सप्रेस