आज:  | Tue, 30, Apr, 2024

बृक्षारोपण कार्यमा युवाहरुको सकृयता

२०७८, १० श्रावण आईतवार १०:३१ मा प्रकाशित ( २ साल अघि) १७११३ पाठक संख्या

दमक -७ रतुवा किनारको बाधमा बाढि प्रभावित क्षेत्र हो बर्षालागे सँगै खोलाले कटान गरि उर्बर भुमीलाई बगर बनाउने गरेको छ ! तर यो बर्ष स्थानिय युवाहरुको सकृयतामा बृक्षारोपण कार्य गरेको यश स्थानलाई आन्तरिक पर्यटनको क्षेत्रको रुपमा पनि विकास गर्नलाई उक्त बृक्षारोपण गरेको हो ।अहिले सम्म दुई हजार बोटविरुवा रोपिएको जनाईएको छ ।बृक्षारोपण कार्यलाई निरन्तरता दिदै सातौ हप्ता सम्म गरिएको

बृक्षारोपण कार्यक्रम सम्पन्न भएको स्थानीय युवा कार्यक्रम संयोजक सुरज शर्माले बताए । यश ठाउँ लाई हामि युवा हरुको सक्रियतामा सक्दो प्रयास गरि रहेकाछौ । बृक्षारोपण कार्यमा सहभागी जनाउनु सम्पूर्ण महानुभावहरुलाई आयोजक समितिको तर्फबाट धन्यवाद दिदै आगामि दिनहरुमा पनि यसरी नै साथ सहयोगले समाज रुपान्तरण मा टेवा पुग्ने र बाढी प्रभावित छेत्रलाई बृक्षारोपण कार्यलाई तिब्रता दिदै लैजान युवाहरू सधैं तत्पर हुने बताएका छन् ।

खबर एक्सप्रेस