आज:  | Tue, 30, Apr, 2024

राप्रपाले निर्वाचन आयोगको पत्रको बारे कानुनी र राजनीतिक उपचार खोज्ने

२०७८, ९ माघ आईतवार १५:४३ मा प्रकाशित ( २ साल अघि) ११९३६ पाठक संख्या

काठमाडौं, माघ ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निर्वाचन आयोगको पत्रको सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र, राजसंस्था र झन्डाबाट गाई हटाउन निर्देशन दिएपछि राप्रपाले यस्तो निर्णय गरेको हो । आयोगले माघ ३ गते पत्र पठाएको भएता पनि सो पत्र लुकाएको भन्दै निबर्तमान अध्यक्ष कमल थापाले सामाजिक संजालमा बिरोध गरेपछि सो पत्रको बिषयमा आज पदाधिकारी बैठक बसी छलफल गरेको थियो ।
आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन आयोगको निर्णय संविधानको मर्म र भावना विपरित रहेको, निर्वाचन सम्बन्धमा आयोग पूर्वाग्रही देखिएको भन्दै त्यसको कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो । भने निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय भएको राप्रपाको बिज्ञप्ति मार्फत जनाएको छ ।

खबर एक्सप्रेस