आज:  | Tue, 30, Apr, 2024

विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेनन

२०७९, ५ जेष्ठ बिहीबार १३:०९ मा प्रकाशित ( १ साल अघि) ९४२५ पाठक संख्या

काठमाडौं : सरकारले नयाँ पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। जेठ १ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीहरू कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो। विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ। तर, अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्योलता छाएको छ।
स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरू बताउँछन्। अबका ३ महिनासम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरूको बुझाइ छ।

खबर एक्सप्रेस