आज:  | Tue, 30, Apr, 2024

पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज

२०७९, १३ पुष बुधबार २१:४२ मा प्रकाशित ( १ साल अघि) ३९०७ पाठक संख्या

पछिल्ला समयका ब्यस्त अभिनेता पुष्प खड्का र नेपाली चलचित्र क्षेत्रकी यूवा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ को ‘झिलमिल झिलमिल’ बोलको शीर्ष गीत रिलिज भएको छ ।
निर्देशक रमेश एमके पौडेलकको शब्द, योगेशकाजी शाहको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञीको अलवार इमिली, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरूको अभिनय छ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने छ ।

खबर एक्सप्रेस