आज:  | Tue, 30, Apr, 2024

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमिताभको भिडियो

२०७६, १६ आश्विन बिहीबार १२:१८ मा प्रकाशित ( ४ साल अघि) १२८०४ पाठक संख्या

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको स्वास्थ्यलाभको कामना गर्दै अमिताभले उनलाई भिडियो सन्देश पठाएका छन् ।

भिडियोमा अमिताभले मुस्कानमाथि भएको घटनाले आफूलाई दुस्खी तुल्याएको बताएका छन् । ‘तपाईंलाई जे भयो, त्यो निकै दर्दनाक भयो,’ उनले भिडियोमा भनेका छन्, ‘यस्तो घटना थाहा पाएर निकै दुस्ख लाग्यो ।’ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अमिताभले नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने आशासहित अन्य बालबालिका पनि त्यस्तो नहोस् भन्ने कामना गरेका छन् । उनले मुस्कानको नामको समेत प्रशंसा गर्दै हौसला दिएका छन्, ‘तपार्इंको मुहारमा सँधै मुस्कान छाइरहोस् ।’

मुस्कान गत भदौ २० गते एसिड आक्रमणमा परेकी हुन् । उनलाई वीरगन्जमा दुई जाना युवाले पानी भनेर झुक्याउँदै एसिड पिलाउने प्रयास गरेका थिए । उनले पिउन नमानेपछि उनीहरूले अनुहारमा छ्यापेका थिए ।

सन्देश

खबर एक्सप्रेस