आज:  | Tue, 30, Apr, 2024

हल्लाका पछि नलाग्न नेपाली सेनाको आग्रह

२०७६, ८ चैत्र शनिबार १७:४५ मा प्रकाशित ( ४ साल अघि) १८७८७ पाठक संख्या

कोरोना भाइरस (कोभिड १९) को बारे अहिले सामाजिक संजालमा बिभिन्न हल्ला फैलाउने क्रममा कोरोनाविरूद्ध आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध आकाशबाट औषधि छर्कदै छ भनी सामाजिक सञ्जालमा फैलाईएको हल्लामा कुनै सत्यता नरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको पुस्टि गरेका छन । यस्ता हल्लाको पछि नलाग्न समेत नेपाली सेनाले आग्रह गरेको छ।

आज बिहानबाटै भ्रमपूर्ण खबरलाई रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाउने रामेछाप घर भएको हाल सिपाडोल भक्तपुर बस्ने विवेक थापा मगरलाई नेपाल प्रहरीले पक्रेको छ।
नेपाली सेनाको बिज्ञप्ती

खबर एक्सप्रेस